काठमाण्डौंः राजाबादी दुई दलले शाहबंशिय राजसंस्था स्थापनाको लागि एकसाथ आन्दोलनमा जाने निर्णय गरेका छन् ।
नेपाल समाजवादी काँग्रेसको केन्द्रीय कार्यालयमा बसेको दुई समूह बिचको संयुक्त बैठकले आ-आफ्नो पार्टीगत अस्तित्व सुरक्षित राखेर संघियता र धर्मनिरपेक्षताको खारेजी, प्रजातन्त्र हिन्दुराज्य कायम गर्न एकसाथ आन्दोलनमा जाने सहमती गरेका हुन् ।
शनिवार अनामनगरमा बसेको संयुक्त बैठकमा दुबै दलका शिर्ष नेताहरुले लिखित प्रतिबद्धता समेत जनाएको नेपाल समाजबादी काँग्रेसका महासचिव मान गुरुङले जानकारी दिए ।
साथै उनीहरुले सार्थक उपलब्धीको लागी देश प्रती चिन्तित अन्य समुहलाई पनि एकताको साथ अघी बढ्न आव्हान गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया