श्रावण ७, २०८२ बुधबार July 23, 2025

सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु

विश्वासको मत, सरकार विस्तार, प्रदेशका मुख्यमन्त्री भागबन्डालगायतका विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक केहीबेर अघिदेखि सुरु भएको हो ।

बैठकमा पर्सि प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मत, सरकार विस्तार, प्रदेशका मुख्यमन्त्री भागबन्डालगायत विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।

बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, प्रदेशहरूमा कहाँ कसले मुख्यमन्त्री लिनेजस्ता विषयमा छलफल हुने बताइएको छ। प्रदेश नम्बर १ मा भने नेकपा एमालेका सांसद हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन्। अन्य प्रदेशमा मुख्यमन्त्री नियुक्तिमा दाबी पेश गर्न प्रदेश प्रमुखहरूले समय दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार