काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशको संसदीय दलको नेतामा दुई नेताले दाबी गरेका छन् । मुख्यमन्त्री बन्नका लागि मधेशमा लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी परेको छ ।
दलको नेता चुन्नका लागि निर्वाचन नै हुने भएपछि राउत र यादवले उम्मेदवारी नै दर्ता गरेका हुन् । अर्का सांसद रामआशिष यादव संसदीय दलको नेताको आकांक्षी हुन् । तर उनले अन्तिम समयमा सरोजकुमारलाई समर्थन गरेको बताइएको छ ।
मधेशमा जसपाका १६ सांसद रहेका छन् । मधेश प्रदेशको मुख्यमन्त्री पनि जसपाले नै पाउने निश्चित छ । आईतबार भएको शीर्ष दलहरुको बैठकले मधेश प्रदेशको मुख्यमन्त्री जसपालाई दिने निर्णय गरेको हो । त्यसैले जसपाको संसदीय दलमा जो निर्वाचित हुन्छ । उही मुख्यमन्त्री बन्ने निश्चित छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया