काठमाण्डौंः नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही बेरमा बस्दै छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार अहिले ११ः३० मा कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो ।
सरकारको समर्थन गर्ने, नगर्ने एवम् समसामयिक राजनीतिक विषयमा अहिले कांग्रेसका पदाधिकारीबीच अनौपचारिक छलफल भएको महामन्त्री शर्माले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा संसदमा विश्वासको मत लिने कार्यक्रम छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया