काठमाडौंः नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
आज बसेको काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा भने सहभागी नहुने निर्णय गरेको हो ।
नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई हिजो मात्र प्रधानमन्त्री प्रचण्डले भेटेर विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।
विश्वासको मत दिने वा नदिने भन्ने विषयमा आज विहानै नेपाली काँग्रेसका पदाधिकारीको बैठक बसेको थियो भने त्यस लगत्तै काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक पनि बसेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया