श्रावण ८, २०८२ बिहिबार July 24, 2025

एमालेका लिला गिरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति गरेका हुन् । यसअघि गिरीले बुधबारै ५८ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार अपरान्ह ४ बजेसम्मको समयसीमा दिएकोमा निर्धारित समयसीमाभित्रै गिरीले विभिन्न दलका सांसदहरुको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सांसद रहेकोमा गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन-तीन, नागरिक उन्मुक्तिका चार, लोसपाका तीन र स्वतन्त्रबाट निर्वाचित २ गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

लुम्बिनीमा सरकार गठनका लागि ४४ जनाको सांसदको समर्थन आवश्यक पर्छ । तर गिरीले नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीबाहेकका दलको समर्थन पाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार