श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

घनश्याम भुसाल केही दिनमै एकिकृत समाजबादी पार्टीमा प्रवेश गर्दै

घनश्याम भुषाललाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादीले एमाले छाडेर प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाललाई स्वागत पत्र पठाएको छ।

नेता भुसाललाई बुधवार साँझ नेकपा एसले पत्र पठाएको हो। सोमबार नेता भुसालले नेकपा एसमा प्रवेश गर्नका लागि वामपन्थी एकताको प्रस्ताव पठाएका थिए।

नेकपा एसले नेता भुसालले उठाएको प्रस्तावलाई सम्बोधन गर्ने गरी पत्र पठाएको हो । एमाले परित्याग गरेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्।

भुसाल केही दिनमै पार्टीमा प्रवेश गर्ने तयारी रहेको नेकपा एसका एक नेताले बताए । भुसालले नेकपा एसमा महासचिव मागेका छन्। तर, उनलाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी छ। भुसालले एमालेबाट आफूसँगै केही नेता कार्यकर्ता पनि लैजान पहल गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार