श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

कर्णालीमा माओवादीले पुरानालाई मन्त्रीमा नल्याउने

माओवादी केन्द्रले पुरानालाई यो पटक मन्त्री नबनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माओवादी केन्द्रले पुरानालाई यो पटक मन्त्री नबनाउने भएको छ । प्रदेश इन्चार्ज कालीबहादुर मल्लले दिएको जानकारीअनुसार पुराना कसैलाई पनि मन्त्री नबनाउने निर्णय भएको छ ।

माओवादीबाट डोल्पाका वीरबहादुर र सुर्खेतका विन्धमान विष्ट प्रदेशसभामा दोहोरिएका छन् ।

नयाँलाई मात्र मन्त्री बनाउने माओवादीभित्र सहमति भइसकेको छ । बिहीबार मात्र माओवादीबाट मुगुका मंगलबहादुर शाहीले विना विभागीय मन्त्रीको रुपमा मात्र शपथ लिएका छन् । मन्त्रीमण्डल विस्तारका लागि छलफल जारी रहेको छ । कर्णालीमा एमाले र माओवादीबीच आधा आधा कार्यकाल सरकार चलाउने सहमति भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया