श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

ढुक्कसित काम गर्नुस् भनेर प्रचण्डलाई विश्वासको मत : उपसभापति गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले ढुक्कसित काम गर्ने वातावरण दिलाउनका लागि वर्तमान सरकारलाई विश्वासको मत दिइएको बताएका छन् ।

वालिङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले राष्ट्रिय समस्याको समाधानका लागि वर्तमान सरकारलाई ढुक्क भएर काम कांग्रेसले विश्वासको मत दिएको बताए ।

“देशमा देखिएको आर्थिक मन्दीलाई रोक्नुपर्छ, राष्ट्रिय समस्याका विषयमा सबै पार्टी दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताका विषयमा साझा धारणा बनाएर अगाडि बढ्नुपर्छ”, उनले भने, “अब सरकार झिना मसिना विषयमा अल्झिएर बस्न हुँदैन, अनेकन विकल्पको खोजी गरी कार्यान्वयन छिटोभन्दा छिटो गर्नुपर्छ ।”

नेपाली कांग्रेसले विश्वासको मत दिँदैमा प्रतिपक्ष नै छैन भन्नु गलत बुझाइ रहेको उनले बताए ।

कांग्रेस राष्ट्रिय समस्याका विषयमा सबै दलले साझा अवधारणा बनाएर समाधान खोज्नुपर्छ भन्नेमा प्रष्ट रहेको दाबी गरे । “नेताले जनताको केही काम गर्लान् भन्ने आशा र अपेक्षासहित मत दिएर विजयी बनाएका हुन्”, उनले भने, “नेताले नैतिकतामा ख्याल गर्नुप-यो, आर्थिक सुशासन कायम गराउनतर्फ लाग्नुपर्छ नत्र जनताले फेरि पनि दुःख र धोका मात्रै पाउँछन् ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया