श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

आज अपरान्ह सर्वदलीय बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिएका दलहरुसँग आज छलफल गर्दैछन्।

माघ ५ गते हुने प्रतिनिधिसभाको सभामुख निर्वाचनलाई लक्षित गरेर प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे सर्वदलीय बैठक बोलाएका हुन्।  प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार विश्वासको मत दिएका पार्टीलाई छलफलका लागि बोलाएका हुन्।

गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए। सबैजसो दलबाट विश्वासको मत पाएपछि आफूलाई थप जिम्मेवारी आएको भन्दै प्रचण्डले सभामुखको निर्वाचन प्रक्रियाअघि दलहरुसँग छलफल गर्न लागेका हुन्। सत्तारुढ गठबन्धनमा भने सभामुख र राष्ट्रपति पद एमालेलाई दिने सहमति भएको छ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त हुँदा प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत, जसपा, नागरिक उन्मुक्ति तथा केही स्वतन्त्र सांसदहरुको समेत समर्थन प्राप्त भएको थियो। तर प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि अब कांग्रेसप्रतिको जिम्मेवारी पनि आफूलाई थपिएको प्रधानमन्त्री प्रचण्डले बताउने गरेका छन्।

कांग्रेसले पनि सभामुखमा आफ्नो सशक्त दाबेदारी हुने भन्दै माओवादी तथा अन्य दललाई विश्वासमा लिने प्रयास गरिरहेको छ। सभामुख निर्वाचनका लागि संसद सचिवालयले आज कार्यतालिका प्रकाशन गर्ने कार्यक्रम छ। भोलि मनोनयन दर्ता र पर्सि ५ गते मत विभाजन हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार