श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

सर्वदलीय बैठक : सहमति र सहकार्य जारी राख्ने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा आगामी दिनमा सहमति र सहकार्य जारी राख्ने सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा गत पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने दललाई प्रधानमन्त्री दाहालले धन्यवाद दिँदै सहमति र सहकार्य जारी राख्ने सहमति भएको हो ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्नुभयो, “प्रधानमन्त्रीले देशमा हुने सम्पूर्ण राजनीतिक विषयमा पनि सहमति र सहकार्य भइरहोस् भन्नुभयो, राजनीतिक दलका नेताहरूले पनि त्यसमा सहमति जनाउनुभएको छ ।”

प्रधानमन्त्री दाहालले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नुभएको र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बैठकमा राख्नुभएको र प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक तथा राष्ट्रिय सहमतिको सन्देश दिएको बताउनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव माग्नुभएको थियो । प्रधानमन्त्री दाहालले सरकारका सन्दर्भमा सत्ता साझेदार दलबीचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव माग्नुभएको थियो।

सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै  मन्त्रिपरिषद्ले पूर्णताः पाएको बताउँदै संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने धारणा प्रधानमन्त्रीले राख्नुभएको थियो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरूले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा (एमाले) बाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शङ्कर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत उपस्थित हुनुहुन्थ्यो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार