असार २२, २०८२ आइतबार July 6, 2025

महोत्तरीमा नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नक्कली प्रहरी वनेर लुटपाट गर्ने ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

वर्दिबास नगरपालिका वडा नं। ०४ स्थित  पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि  चेरु माईस्थान जंगलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाइ लुटपाट गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिबास(१४  बस्ने  २२ वर्षीय  निरज साह सोनार,  वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दिप लामा,  २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका  शैलेन्द्र राउत र  धनुषा जनकपुर उप(महानगरपालिका ७ जिरोमाईल बस्ने  १९ वर्षीय दिपक राउत छन  ।

पिडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जंगलमा पुर्‍याएर सिआइडीको वहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको छ ।’मलाइ उनिहरुले हात(हातमा लठ्ठी लिएर चारैतिरवाट घेरा हाले’, पिडित महतोले भने, ‘उनिहरुले त्यसपछि मोबाइल, नगद र क्यामरा लिए ।’

आफूसँग भएको डिएसएलआर क्यामरा चोरी गरेको स्विकार्नु पर्ने नत्र बर्सिबास बजार क्षेत्रवाट चोरी भएका मोटरसाइकलको मुद्दा  समेत लगाउने त्रास समेत देखाएको पिडित महतोले वताएका छन ।

चोरी भएका मोटरसाइकल बिषयमा माथी खवर नगरी छाडने र त्यस्को वदलामा २२ हजार ५ सय थप दिनुपर्ने उनिहरुले बताएपछि पैसा लिन घर पठाएको र फर्केर आउदा उनिहरु फरार भएको पिडित महतोले प्रहरीलाइ बयान दिएका छन । उनिहरुले महतोको साथवाट मोबाइल ३ थान, क्यामरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको प्रहरीलाइ उजुरी दिएको प्रहरीले जनाएको छ ।

उजुरीको आधारमा नै आरोपित उक्त ६ जनालाइ बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँवाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।

आरोपित ६ जनालाइ नै जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरि हिरासतमा नै राखेर अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । बर्सिबास नगर क्षेत्रमा चोरी, मोटरसाइकल चोरी जस्ता क्रियाकलापमा समेत सोही गिरोह हुन सक्ने प्रहरीको अनुमान छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार