श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

सभामुखको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन गरिँदै, एमाले र कांग्रेसबाट को को बन्दैछन् उम्मेदवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार बुधबार १ देखि ४ बजेसम्म दलहरूले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।

नयाँबानेश्वरस्थित संसद् भवनको लोत्से हलमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ (२) बमोजिम दलले कुनै सांसदलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गराउनुपर्ने कार्यतालिका छ । प्रस्तावक र समर्थकसहित उम्मेदवारको प्रस्ताव दर्ता भएपछि ४ः१५ बजे संसद् सचिवालयले सबै उम्मेदवारको दर्ता क्रमानुसार सूची प्रकाशित गर्ने कार्यक्रम छ ।

सातदलीय सत्तागठबन्धनको भागबन्डामा सभामुख पाएको एमालेले झापा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुखमा एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि आकांक्षी थिए । कांग्रेसले भने अहिलेसम्म उम्मेदवारी दिने कि नदिने भन्ने निर्णय गरेको छैन । सभामुखको निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठकले पार्टीकै उम्मेदवार बनाउने कि एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गर्नेछ । कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन् ।

बिहीबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उम्मेदवारको प्रस्तावकले सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्नुपर्नेछ । त्यसपछि उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुनेछ । छलफलपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दर्ता क्रमानुसार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।  एउटा मात्रै मनोनयन परेमा निर्विरोध तथा दुई वा दुईभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुने अवस्थामा हरेक सदस्यको मतविभाजनबाट निर्णय लिइन्छ पक्ष, विपक्ष र तटस्थ गरी तीनवटा विकल्प दिएर छुट्टाछुट्टै लबीमा सांसदहरूले दस्तखत गरेर आफ्नो मत राख्छन् ।

सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्छ । बिहीबार सभामुख निर्वाचित गरेर सोही दिन शनिबारलाई उपसभामुखको निर्वाचन मिति तोक्ने तयारी प्रतिनिधिसभाको छ । शुक्रबार उपसभामुखको मनोनयन दर्ता र शनिबार निर्वाचन गर्ने तयारी रहेको संसद् सचिवालयका अधिकारी बताउँछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार