श्रावण १२, २०८१ शनिबार July 27, 2024

कांग्रेसको दोहोरो चाल

कांग्रेसले सभामुख र उपसभामुखमा भने आफ्नै पार्टीको उम्मेद्वार उठाएपछि दोहोरो चाल चलेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा भने आफ्नै पार्टीको उम्मेद्वार उठाएपछि दोहोरो चाल चलेको आरोप लागेको छ । संघमा मात्रै नभएर प्रदेशमा समेत कुनै मुख्यमन्त्रीलाई विश्वासको मत दिने र कुनै प्रदेशमा विश्वासको मत नदिएपछि काँग्रेसलाई पार्टीभित्रैबाट दोहोरो भूमिका खेलेको आरोप लागेको छ । मूलतः नेपाली कांग्रेसका शेखर कोईराला  सभापति शेरबहादुर देउवाको भूमिकामाथि प्रश्न उठाउँदै संसदमा दोहोरो चरित्र देखाउन नहुने बताउँछन् ।

’कांग्रेसले अहिले दोहोरो चरित्र खेल्यो, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर हामीले गल्ती गर्‍यौं । तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समितिको बैठकमा राखेको थिएँ । तर, त्यसको सुनुवाइ भएन,’ उनले भने, ’बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिन हुँदैनथ्यो’ नेता कोईरालाले भने । उनले पार्टी सभापति देउवाको कार्यशैली नबदलिइ कांग्रेसको भविष्य संकटमा पर्ने समेत स्पष्ट पारेका थिए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नहुने भन्दै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी र प्रदीप पौडेल लगायतले फरक मत समेत राखेका थिए ।

तर, राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आएको कांग्रेसले केन्द्रमा मात्रै होईन, प्रदेशमा समेत केही मुख्यमन्त्रीलाई समर्थन गरेको छ । कांग्रेसले मधेस र बागमती प्रदेशमा सरकारलाई विश्वासको मत दिएको छ भने एमालेले मुुख्यमन्त्री पाएका प्रदेश १, गण्डकी र लुम्बिनीमा भने विपक्षमा मतदान गरेको छ र्। कांग्रेसभित्र अहिले दोहोरो चरित्रमा देखिएकै हो, आफ्नो भूमिका समेत स्पष्ट गर्न नसक्दा सत्तापक्ष कि प्रतिपक्ष भन्नेमा कांग्रेसमै अन्यौल देखिन्छ,’ राजनीतिक विश्लेषक डा. विष्णु दाहालले भने । उनले पदका लागि कांग्रेस दरिलो प्रतिपक्षी भएर उभिन नसकेको पनि स्पष्ट पारेका छन् । तरपनि, देउवा निकट नेता वालकृष्ण खाँड भने कांग्रेसले आवश्यकताका आधारमा कतै समर्थन र विपक्षमा बसेको तरपनि, प्रतिपक्षीकै भूमिकामा रहने बताउँछन् ।

केन्द्रदेखि प्रदेशसम्म हामी प्रतिपक्षी भूमिकामा छौँ र रहनेछौँ । हामीले केन्द्रमा सरकारलाई विश्वासको मत लिने निर्णय गरेका थियौँ । प्रदेशको विषयमा प्रदेश संयन्त्रलाई नै आवश्यकताका आधारमा समर्थन, विश्वासको मतको विपक्षमा या उम्मेदवारे खडा गर्न भनेका थियौँ’ उनले भने । साथै उनले आवश्यकताका आधारमा कांग्रेसले भूमिका खेल्ने पनि बताएका छन् । यद्यपि, कांग्रेसभित्रबाटै सभापति देउवाको दोहोरो भूमिकाले असहजता भएको भन्दै आलोचना सुरु भएको छ । मध्यान्ह

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार