बैसाख १४, २०८३ सोमबार April 27, 2026

पूर्व सैनिक शासक मुसर्रफको पार्थिव शरीर पाकिस्तान ल्याइने

पाकिस्तानका निर्वासित पूर्व सैनिक शासक परवेज मुसर्रफको शव सोमबार स्वदेश ल्याएर अन्त्येष्टि गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका निर्वासित पूर्व सैनिक शासक परवेज मुसर्रफको शव सोमबार स्वदेश ल्याइने भएको छ ।

सन् २०१६ मा स्वास्थ्य समस्या देखिएपछि पाकिस्तानबाट दुबई पुगी निर्वासनमा रहँदै आउनुभएका मुसर्रफको ७९ वर्षको उमेरमा दुबईमा निधन भएको थियो ।

पाकिस्तानी वरिष्ठ अधिकारीहरुले उहाँको शव सोमबार स्वदेश फर्काइने र अन्त्येष्टि गरिने बताएका छन् ।

मुसर्रफले सन् १९९९ मा रक्तपातरहित ’कू’ गरेर सत्ता कब्जा गर्नुभएको थियो । संयुक्त राज्य अमेरिकामा सेप्टेम्बर ११ को हमला हुँदा उहाँ पाकिस्तानको सेना प्रमुख, प्रमुख कार्यकारी र राष्ट्रपतिको रूपमा काम गरिरहनुभएको थियो ।

जनरलले दुई पटक पाकिस्तानी संविधान निलम्बन गरेका,े जनमत संग्रहमा धाँधली गरेको र आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको थियो ।

साथै उनको लगभग नौ वर्षको शासनकालमा विपक्षीहरूलाई गोलमा हालेर अधिकारको व्यापक उल्लङ्घन गरेको आरोप पनि लगाइने गरेको छ ।

ब्रुकिङ्स इन्स्टिच्युसनकी विश्लेषक मदिहा अफजलले एएफपीसँग भन्नुभयो, “अन्ततः उहाँले पाकिस्तानीहरूमा प्रत्यक्ष सैन्य शासनको गहिरो अरुचि साथ बहिर्गमन गर्नुभएको थियो ।

पाकिस्तानी सेनाले उहाँबाट सिक्दै अहिले पर्दा पछाडि धेरै शक्ति प्रयोग गरेपनि यो फेरि प्रत्यक्ष रूपमा सत्तामा रहन चाहँदैन ।

उहाँको कार्यकालमा पाकिस्तानलाई विदेशी सहायताको ठूलो प्रवाह भएको थियो र यसले अर्थव्यवस्थालाई बलियो बनाएको थियो ।

मुसर्रफ ‘एमाइलोइडोसिस’ नामक दुर्लभ रोगबाट पीडित हुनुहुन्थ्यो । गत ग्रीष्मऋतुमा उहाँको परिवारले उहाँलाई निको हुने कुनै सम्भावना नरहेको बताएको थियो ।

सेनाको सञ्चार शाखाले आइतबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा जनरल परवेज मुसर्रफको निधन भएको र वरिष्ठ सैन्य प्रमुखहरूले समवेदना व्यक्त गरेका सूचना सार्वजनिक भएको थियो । रासस/ सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास
२०८३ बैसाख १४, सोमबार
न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह
२०८३ बैसाख १४, सोमबार
प्रदेश प्रमुख मियाँद्वारा बजेट अधिवेशन आह्वान
२०८३ बैसाख १४, सोमबार
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
२०८३ बैसाख १४, सोमबार
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
२०८३ बैसाख १४, सोमबार
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
२०८३ बैसाख १४, सोमबार
कक्षा १२ को परीक्षा आजबाट सुरु, डेढ महिनाभित्र नतिजा प्रकाशन गर्ने
२०८३ बैसाख १४, सोमबार