असार २८, २०८२ शनिबार July 12, 2025

प्रधानमन्त्री प्रचण्डले खुवाए ३ जना कुलपतिलाई शपथ

३ जना कुलपतिलाई प्रधानमन्त्री प्रचण्डले खुवाए शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिहरूले पद तथा गोपनीयताको शपथ खाएका छन् ।

प्रज्ञा प्रतिष्ठानमा भुपाल राई, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा निशा शर्मा र ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नारदमणि हार्तम्छाली नियुक्त भएका थिए ।

उनीहरूलाई आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका हुन् । शपथ समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि सहभागी थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा सरकारले बुधबार तीनै जनालाई कुलपतिमा नियुक्त गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया