काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जनाको सजाय मिनाह गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बिहीबार बसको मन्त्रिपरिषद् बैठकले सजाय माफी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियाे ।
राष्ट्रपति भण्डारीबाट फौजदारी अभियोगमा अदालतबाट सजाय पाएका पुष्कर गौतमसहित १४ जनालाई नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार सजाय माफी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विष्णुकुमार लिम्बुसमेतका ३८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय प्रजातन्त्र दिवस २०७९ को उपलक्ष्यमा सजाय मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया