कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नेप्सेमा हिमालयन बैंकको ७ करोड ६५ लाख कित्ता सेयर सूचीकृत

नेप्सेमा सूचीकृत भएसँगै अब सिभिल बैंकका सेयरधनीहरूको सेयर हिमालयन बैंकको नामबाट खातामा देखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचीकृत भएकाे छ । आज नेप्सेमा हिमालयन बैंक लिमिटेडको सेयर सूचीकृत भएकाे हो ।

बिहीबार हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि हिमालयन बैंकको नामबाट ७ करोड ६५ लाख ०३ हजार ९ सय १८ दशमलव ४९ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै अब सिभिल बैंकका सेयरधनीहरूको सेयर हिमालयन बैंकको नामबाट खातामा देखिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया