कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

चिनियाँ नागरिहरूको आउटबाउन्ड ग्रुप टुर खुल्ने

नेपाल भ्रमणका लागि चिनियाँ नागरिकहरूको आउटबाउन्ड ग्रुप टुर सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः यही १५ मार्चदेखि नेपाल भ्रमणका लागि चिनियाँ नागरिकहरूको आउटबाउन्ड ग्रुप टुर सञ्चालन हुने भएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङले मार्च १५ देखि, ट्राभल एजेन्सीहरू र अनलाइन पर्यटन उद्यमहरूद्वारा चिनियाँ नागरिकहरूका लागि नेपाल आउने आउटबाउन्ड समूह भ्रमणहरू पुनः सुरु गरिने जानकारी दिएका छन् ।

यो कार्यक्रमपछि उनले धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘चिनियाँ पर्यटकले नेपालको भव्य दृश्य र अद्वितीय संस्कृतिको आनन्द लिनेछन् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया