कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सर्वोत्तम स्टिलले आइपीओ जारी गर्ने

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सर्वोत्तम स्टिलले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ ।

सर्वोत्तम स्टिलले आफ्नो जारी पुँजी मध्ये १२.६६३ प्रतिशत सेयर निष्कासन गर्ने भएको हाे।  सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटलकातर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले उक्त सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट हस्ताक्षर गरेका छन् । सौरभ ग्रुपद्धारा सञ्चालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया