कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो

कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ २१  पैसा र बिक्रीमा ४२८ रुपैयाँ १६ पैसामा काराेबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः साताको पहिलो दिन आइतबार अमेरिकी डलरको मूल्य १४ पैसाले बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीदरमा १३१ रुपैयाँ ५७ पैसा बढेकाे छ । यसअघि शुक्रबार एक डलरको खरिदमा १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा तोकिएकाे थियो ।

आइतबारका लागि एक युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा  र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा तोकिएको छ भने यसअघि शुक्रबार भने युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा  र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६  रुपैयाँ २७ पैसा र बिक्रीमा ८६  रुपैयाँ ६७ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९ पैसामा काराेबार भइरहेकाे छ । यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँमा ६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा छ भने मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा छ ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ २१  पैसा र बिक्रीमा ४२८ रुपैयाँ १६ पैसा काराेबार हुदाँ बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँमा किनबेच हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया