कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

प्रतिलिटर ८६ रुपैयाँमा पाइने डिडिसी दूधको मूल्य ११ रुपैयाँ बढ्यो

उपभोक्ताले किन्दा लिटरमै ९७ रुपैयाँ पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा संस्थानले एकैपटक लिटरमा ११ रुपैयाँले मूल्य बढाएको हो ।

संस्थानका सूचना अधिकारी राजेन्द्र अधिकारीका अनुसार उपभोक्ताको मूल्य अब लिटरको ९७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि उपभोक्ताले प्रतिलिटर ८६ रुपैयाँमा खरिद गर्दै आइरहेका थिए । उपभोक्ता मूल्य बिहीबारबाट लागू हुने अधिकारीले बताए ।

किसानले पाउने मूल्य भने १ चैतबाट लागू भएको थियो । यसअघि १९ फागुनमा मन्त्रिपरिषद्ले प्रतिलिटर दूधको मूल्य १० रुपैयाँले बढाउने निर्णय गरेको थियो ।

किसानले पाउने मूल्य ५६ रुपैयाँबाट ६५ रुपैयाँ पुर्याएपछि डिडिसीले पनि उपभोक्ता मूल्य तोकेको हो । त्यस्तै, संस्थानले स्ट्यान्डर्ड दूध प्रतिपाँच सय एमएल ४३ रुपैयाँबाट बढाएर ४८ रुपैयाँ पुर्याएको छ ।

फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ छ । यस्तै, लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ छ। अधिकारीका अनुसार सबै दूधमा प्रतिप्याकेट साढे ५ रुपैयाँ बढाइनेछ ।

घिउ, पनिर, दहीलगायतको मूल्य बढाउने विषयमा थप छलफल गरेर तोकिने बताए । उनले भने, ‘दुग्ध पदार्थसँग जोडिएको मूल्य हामी केही दिनमा सार्वजनिक गछौँ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया