काठमाण्डौः नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् ।
शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई समृद्धितर्फ लैजाने काममा आफू लाग्ने बताए । उनले शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आफ्नो तर्फबाट प्रयास उनको भनाइ छ ।
नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने जनता र सांसहरूप्रति धन्यवाद प्रकट गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया