असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेटवार्ता

बेलायतबाट छिट्टै उच्चस्तरीय भ्रमण हुने जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले आज सिंहदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

उक्त अवसरमा अध्यक्ष तिमिल्सिनाले बेलायतले नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले बेलायती संसद्का सभामुखलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको जानकारी गराउनुभयो ।

नेपाल र बेलायतबीच शान्ति तथा मैत्रीसन्धि भएको एक सय वर्षका अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रममा बेलायती संसद्का सभामुखलाई प्रमुख अतिथिका रुपमा नेपालमा स्वागत गर्न चाहेकोसमेत उहाँले बताउनुभयो ।

उक्त भेटका क्रममा सांसद शर्माले बेलायतबाट छिट्टै उच्चस्तरीय भ्रमण हुने जानकारी गराउनुभयो ।

साथै बेलायतलगायत युरोपेली आकाशमा नेपाल वायुसेवाको उडान प्रतिबन्ध फुकुवाको पहल गर्न तथा नेपाल–बेलायत सिधा हवाई उडानको व्यवस्थाका लागिसमेत राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले आग्रह गर्नुभयो ।

उहाँले बेलायत सरकारले ब्रिटिस गोर्खाली सेनाका विषय, पर्यटन प्रवद्र्धन, पूर्वाधारमा लगानी, सीप विकास, नेपाली विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थालगायतका विषयमा सहयोग गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा उहाँहरुबीच दुवै देशका सांसदबीच संसदीय अभ्यासको आदानप्रदानका बारेमा समेत छलफल भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार