कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ४६ पैसा कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आइतबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३२ रुपैयाँ २८ पैसामा कारोबार भइरहेको छ । यो मूल्य शुक्रबारको तुलनामा ३२ पैसाले बढेको हो । शुक्रबार उक्त डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ९३ पैसा तोकिएको थियो ।  नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोको एक रुपैयाँ पाँच पैसाले घटेर युरोको खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ।

शुक्रबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ५३ पैसा तोकिएको छ।अघिल्लो दिन यसको खरिदमूल्य १६१ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ८ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९६ रुपैयाँ एक पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ५ पैसा र बिक्रीदर ३५ रुपैयाँ २१ पैसा तोकेको छ ।

आइतबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ दुई पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ७४ पैसा र बिक्रीमा २९ रुपैयाँ ८७ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा आज ४३० रुपैयाँ १९ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ७७ पैसा तोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२०८३ कार्तिक २७, शुक्रबार
आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
२०८३ कार्तिक २७, शुक्रबार
टर्कीमा रहेका नेपालीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध
२०८३ कार्तिक २७, शुक्रबार