वैशाख २४, २०८१ सोमबार May 6, 2024

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

चाँदीको मूल्य तोलामा कति पुग्यो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला एक लाख आठ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख नौ हजार २०० रुपैयाँ तोकिएको छ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ७०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसको मूल्य बिहीबार एक लाख सात हजार ७०० थियो।

यसैबीच चाँदीको तेलामा २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ। महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा सुनचाँदीको दैनिक मूल्य तोक्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया