वैशाख २०, २०८१ बिहिबार May 2, 2024

सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने शेखर-गगन समुहको निर्णय

सभापति शेरबहादुर देउवाले शेखर समूहलाई २ वटा मन्त्रालयमात्र दिने भएपछि नाम नपठाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने भएका छन् ।

शुक्रबार बिहान बसेको कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले आफ्नो समूहलाई सम्मानजनक सहभागिता नगराएसम्म मन्त्रीको नाम नदिने भएका छन् ।

गठबन्धनमा ८ मन्त्रालय पाएको कांग्रेसमा डा. शेखर कोइराला समूहले ३ मन्त्रालय माग गरेको थियो। तर पार्टी सभापति शेरबहादुर देउवाले शेखर समूहलाई २ वटा मन्त्रालयमात्र दिने भएपछि नाम नपठाउने निर्णय गरेको हो।

नेता कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बन्द्री पाण्डे र जीवन परियारसँग छलफल गरेका थिए । ‘सम्मानजनक सहभागिता नहुने हो भने हामीले मन्त्रीको नाम पठाउँदैनौँ । यसबारे सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराइसकेका छौँ,’ परियारले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्रीले भोली विश्वासको मत लिने
२०८१ वैशाख २०, बिहिबार
यस्तो छ आजको लागी विदेशी मुद्राको विनिमय दर
२०८१ वैशाख २०, बिहिबार
गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
२०८१ वैशाख २०, बिहिबार
कामपा शिक्षा विभागको निर्णयविरुद्ध प्याब्सन र एन प्याब्सनआबद्ध विद्यालयले सर्वोच्चमा दोस्रो रिट दायर गर्ने
२०८१ वैशाख २०, बिहिबार
संसद्का १६ महिना : जम्मा कानुन चार, २५ विधेयक अलपत्र
२०८१ वैशाख २०, बिहिबार
चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी
२०८१ वैशाख २०, बिहिबार
आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा
२०८१ वैशाख २०, बिहिबार