वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

बैतडीमा बुवा छोरा मिलेर वडा अध्यक्षमाथि निर्घात कुटपिट

वडा अध्यक्ष शरदसिंह नेगीको चार वटा दाँत भाँचेको आरोपमा बुवाछोरा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बैतडीमा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । कुटपिटबाट वडाअध्यक्षको दाँत भाँचिएको प्रहरीले जनाएको छ । मेलौली नगरपालिका–१, का वडा अध्यक्ष शरदसिंह नेगीको चार वटा दाँत भाँचेको आरोपमा बुवाछोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा अध्यक्षमाथि कुटपिट गरेर दाँत भाँचेको आरोपमा प्रहरीले मेलौली –१, का ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक जोशीले भन्नुभयो, “कुटपिट हुँदा वडा अध्यक्षका चार वटा दाँत भाँचिएका छन् । दाँत भाँच्ने जनार्दशन नेगी वडा कार्यालयकै कार्यालय सहयोगी भएको खुलेको छ । बिहीबार राति पसलमा बसेका बेला विवाद हुँदा बुवाछोरा मिलेर वडा अध्यक्षमाथि कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते वडा अध्यक्षको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया