कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

चाँदी प्रतितोला १० रुपैयाँ बढेर १४ सय रुपैयाँ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः साताको तेस्रो दिन मंगलबार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

सोमबार प्रतितोला १ लाख ८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य मंगलबार प्रतितोला १० रुपैयाँ बढेर १४ सय रुपैयाँ पुगेको छ । चाँदी भने यसअघि गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया