कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलरको भाउ घट्याे, युराे पनि ओरालाे लाग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । यसअघि बिहीबार ५३ पैसाले घटेको डलर शुक्रबार १९ पैसाले घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि बुधबार पनि उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ५१ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४३ रुपैयाँ १८ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६० पैसाले घटेको हो । बिहीबर युरो एकको खरिदमूल्य १४३ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ७८ पैसा कायम गरिएको थियो।

शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा तोकिएको छ। यो मूल्य बुत्रबारको तुलनामा एक रुपैयाँ २९ पैसाले घटेको हो । बिहीबार यसको खरिदमूल्य १६३ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ९१ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको कारोबार स्थिर रहेको छ। आज एक अष्ट्रेलियन डलरको खरिदमा ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा तोकिएको छ । यसअघि बिहीबार पनि सोही मूल्यमा खरिदबिक्री भएके थियो ।

यता, शुक्रबार क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ दुई पैसा र बिक्रीमा ९७ रुपैयाँ ४७ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

शुक्रबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ एक पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८५ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२६ रुपैयाँ १० पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३२ पैसा तोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया