कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सिटी होटलको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज वैशाख ५ गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिइसक्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सिटी होटलको आइपीओमा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज वैशाख ५ गते कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिइसक्नुपर्नेछ।

सिटी होटलले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको हो। यस कम्पनीले १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको छ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

साथै, यस कम्पनीले सर्वसाधारण लगानीकर्तालाई वैशाख २५ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको छ। होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १०५ ले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। जसअनुसार प्रति सेयर १ सय अङ्कित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गर्न लागेको हो। सोमध्ये १०५ अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपीओ बिक्री खुला गरेको हो।

सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया