असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रियसभाको बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची

विषयगत समिति सदस्यको नाम हेरफेर गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । यसअघि बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजका लागि स्थगित गरिएको थियो ।

हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो ।

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया