असार २२, २०८२ आइतबार July 6, 2025

सिरहामा बढ्दो लागुऔषध तस्करी, १४ केजी गाँजासहित दुई युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौःसिरहामा पछिल्लो समय गाँजाको खेती तथा तस्करी व्यापक रुपमा भइरहेको पाइएको छ । जिल्लाको पूर्व पश्चिम लोकमार्गअन्तर्गत पर्ने कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढीमाई र लाहान नगरपालिकाको उतरी चुरे क्षेत्रमा  वर्षौ‌ंदेखि किसानहरुले  गाँजा खेती गर्ने र तस्करहरुले खुल्ला सीमानाकाको बाटो प्रयोग गरी भारत निकासी गर्ने गरेको पाइएको हो।

शनिबार मात्रै प्रहरीले जिल्लाको गोलबजारबाट करिव १४ केजी लागुऔषध गाँजासहित दुई युवक पक्राउ गरेकाे छ । प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८४० ग्राम गाँजासहित गोलबजार-१  मुक्सारका २६ वर्षीय महेन्द्र साह र वार्ड नम्वर २ का ३६ वर्षीय श्यामकुमार साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक डुपेन्द्र बुढाथोकीले जानकारी दिए ।

विशेष सुचनाको आधारमा गोलबजार-४ शिवचौक नजिक पार्किङ गरिराखेको प्र.२–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको  ५ किलो ८४० ग्राम गाँजासहित महेन्द्र साह र  प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा  लुकाइछिपाई राखेको ८ किलो गाजासहित श्याम कुमार साहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए।

प्रहरीले विशेष सुराकिको अधारमा केन्द्रिय अनुसन्धान लागुऔषध विशेष ब्युरो र ईलाका प्रहरी कार्यालय गोलबजारका सई विश्व बुदाथोकीको कमान्डमा खटिएको टोलिले गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी पान्डेले बताए ।

केही समययता भारतीय सीमानाका खुकुलाे भएसँगै भारतीय बजारबाट तस्करीका खाद्यान्न लगायतका सामग्री पारी भित्र्याउने र नेपालबाट भारतीय तस्करहरुले गाँजा लगायतका तस्करीका सरसम्मानहरु वारी लाने गरेका स्थानीहरु बताउँछन् । भारतीय बजारमा मदिराको विक्रवितरणमा प्रतिबन्ध लगाएसँगै गाँजाको माग ह्वातै बढेको स्थानीयहरुको भनाई छ । नेपालमा ७ हजार प्रतिकिलो पर्ने गाँजा भारतीय बजारमा १५ देखि २० हजार (भारतीय रुपैया)सम्म विक्रिवितरण हुने भएकोले व्यापक तस्करी भइरहेकाे छ । तराईका जिल्लाहरूमा सम्बन्धित् निकायको निरीहताका कारण गाँजाखेती र तस्करी भने दिनप्रतिदिन फस्टयाइरहेको अवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार