काठमाण्डौंः नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार पचास रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार चाँदी मंगलबारकै मूल्य अर्थात् एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया