काठमाडौंः इङवा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएकाे छ । कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि उक्त आईपीओ बिक्री खुला गरेको थियो ।
१२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि परेकाे आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को योग्य आवेदन परेकाे थियाे । योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया