कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द, सेयरधनीको हात खाली

लघुवित्तका सेयरधनीले गत आवको नाफाबाट कुनैपनि लाभांश नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्र उत्थान लघुवित्तले यसअघि प्रस्तावत गरेको लाभांश रद्द गरेको छ । बैशाख २८ गते साँझ ६ बजे बसेको ८७ औं बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो ।

कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर ०.७५ नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

वित्तीय विवरणको नाफा–नोक्सान बाँडफाँड हिसाबमा लाभांश बारेको निर्णय उल्लेख नगरी नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतार्थ पेश हुन गएको र दोस्रो पटक राष्ट्र बैंकलाई लाभांश वितरणको लागि आग्रह पनि गर्दा त्यस उपर कुनै कारवाही नभएकोले लाभांश प्रस्ताव रद्द गरिएको लघुवित्तले जनाएको छ । यससँगै लघुवित्तका सेयरधनीले गत आवको नाफाबाट कुनैपनि लाभांश नपाउने भएका छन् । नोटबजार

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया