असार २३, २०८२ सोमबार July 7, 2025

‘नागरिक दैनिक’को आजबाट आइपीओ बिक्री खुला

लगानीकर्ताले जेठ १४ गतेसम्ममा सर्वसाधारणलाई जेठ २६ गतेदेखि आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल रिपब्लिक मिडियाले आज आइतबार वैशाख ३१ गतेदेखि आईपिओ बिक्री खुला गरेको छ ।

बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यस कम्पनीले उक्त आईपिओ निष्काशन गरेको हो । लगानीकर्ताले यस आईपिओमा जेठ १४ गतेसम्ममा आवेदन दिन सक्नेछन् । यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपिओ जारी गर्दैछ ।

यो नागरिक दैनिकको मुल संस्था हो । योसँगै नेपालमा पहिलो पटक मिडिया हाउसले आइपियो बिक्रीमा ल्याएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ । यस आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा सर्वसाधारणले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने असार ८ गतेसम्म आइपीओ खुला रहनेछ ।

कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपिओ जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यसमध्ये कर्मचारीहरुका लागि ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर छुट्याइएको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार