वैशाख १८, २०८१ मंगलबार April 30, 2024

सुन-चाँदीको मूल्य यथावत्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य यथावत् रहेको छ। आइतबार पनि अघिल्लो कारोबार दिन (शुक्रबार)कै दररेटमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार २५० रुपैयाँ कायम भएको छ।

यसअघि शुक्रबार भने सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो। शुक्रबारको अघिल्लो दिन (बिहीबार) छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।

आइतबार चाँदीको मूल्य पनि यथावत् रहको छ। शुक्रबारजस्तै आइतबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार