जेठ ६, २०८१ आइतबार May 19, 2024

मुगुका हरेक प्रहरी युनिटमा अब देखी नागरिक सहजकर्ता रहने

प्रहरी कार्यालय देखी हरेक प्रहरी, चौकिमा अब नागरिक सहजकर्ता मार्फत सेवा प्रवाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  हिमाली जिल्ला मुगुमा पहिलो पटक नागरिक सहजकर्ता स्थापना भएको छ ।

कर्णाली सुरक्षा अभियान कार्यक्रम अन्तर्गत जिल्ला भर रहेका ईलाका प्रहरी कार्यालय देखी हरेक प्रहरी, चौकिमा अब नागरिक सहजकर्ता मार्फत सेवा प्रवाह गर्न थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगु लगायत अन्य चौकिहरुका मूलढोकामा एकजना युनिफर्ममा रहेको प्रहरी जवान नागरिक सहजकर्ताका रूपमा खटाउने व्यवस्था गरिएको छ । मुगु जिल्लाका लागि काठमाण्डौंबाट भर्खरै आउनु भएकी तालिम प्राप्त प्रतिज्ञा घलानलाई जिल्ला प्रहरी कार्यालयको लागि उनलाई नागरिक सहकर्तामा राखिएको हो । आइतवार एक कार्यक्रमका बिच उनलाई नागरिक सहजर्तामा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

अब प्रहरी युनिटमा आउने हरेक सेवाग्राहीले के–कति कामले आएका हुन् ? सोधपुछ गर्ने र सेवाग्राहीले भने अनुसारको कामको प्रक्रृति अनुसार सम्बन्धित व्यक्ति तथा फाँटमा पठाइदिन र सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको प्रहरी नायव उपरिक्षक महेस बस्नेतले बताए ।

बिशेष गरेर ग्रामिण भेगका अशिक्षित नागरिकहरुलाई छिटो छरितो सेवा प्रवाहका लागि प्रहरी युनिटमा  नागरिक आएका हुन्छन्। उनीहरू कस्तो सेवाका लागि कुन ठाउँ जाने ? के गर्ने ? भनेर निकै अलमलमा परेका हुन्छन्। यस्ता अलमलमा पर्ने सेवाग्राहीलाई सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको डिएसपि बस्नेतले बताए । कार्यालयमा एउटै पोशाक लगाएका थुप्रै प्रहरी कर्मचारी बसेका हुन्छन् ।

‘नागरिकहरुले सहजै रुपमा सेवा पाउने उद्देश्यले नागरिक सहजकर्ता राख्न सुरु गरिएको हो,’ उनले भने, ‘न्यायका लागि आउने जो-कोही नागरिकलाई दिने हाम्रो सेवा सहज र सरल हुनुपर्छ, सहजकर्ताका रूपमा खटिने प्रहरीलाई निर्देशित पनि गरेका छौँ,’

जिल्ला प्रहरी कार्यालयसहित जिल्लाभर २ ईलाका प्रहरी कार्यालय र १६ वटा चौकि रहेका छन् । यी सबै चौकिहरुमा एकजना सहजकर्ता खटाएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको कारण बदलीको सम्भावना
२०८१ जेठ ६, आइतबार
इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो
२०८१ जेठ ६, आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द
२०८१ जेठ ६, आइतबार
संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८१ जेठ ६, आइतबार
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०८१ जेठ ६, आइतबार
मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक
२०८१ जेठ ६, आइतबार
आज आईतबार सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ जेठ ६, आइतबार