कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

स्वाभिमान लघुवित्तको बोनस शेयर वितरण

चैत २ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत चैत ११ गते पारित भएको २० प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट चुक्तापूँजी १२ करोड १७ लाख ८२ हजारको आधारमा कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कुल लाभांशमध्ये २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश रहेको थियो । पारित भएको करिब २ महिनामा अर्थात जेठ १ गते कम्पनीले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई जेठ २ गते सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले लाभांश प्रयोजनका लागि चैत ३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका हुन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया