कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मुल्य आज पनि घट्यो, कति छ मुल्य ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली बजारमा सुनको भाउमा लगातार गिरावट आएको छ । मंगलबारदेखि छापावाला सुनको भाउमा निरन्तर गिरावट आएको हो ।

मंगलबार १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा बुधबार ११ सय रुपैयाँले गिरावट आएर १ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

स्तै छापावाला सुनको भाउ बिहीबार पुनः ३ सय रुपैयाँले घटेर १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउमा आज पनि ५ सय रुपैयाँले गिरावट आएको छ । आज ५ सय रुपैयाँले घटेसँगै सुनको भाउ १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैबिच बिहीबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ आज १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता बिहीबार १ हजार ३७० रुपैयाँ निर्धारण गरिएको चाँदीको भाउ आज पनि सोही भाउमा कायम छ । चाँदीको भाउ लगातार ३ दिनदेखि स्थिर छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६२ दशमलव ५२ पैसामा कारोबार भइरहेको छ भने चाँदी २३ रुपैयाँ ६२ पैसामा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया