वैशाख २५, २०८१ मंगलबार May 7, 2024

बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

कांग्रेसबाट चारजना र एकीकृत समाजवादीबाट दुईजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कटेलले आइतबार कांग्रेसबाट चारजना र एकीकृत समाजवादीबाट दुईजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुले आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बागमती प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख शर्मासमक्ष कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारले विनाविभागीय मन्त्रालयको जिम्मेवारी लिँदै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

यसैगरी एकीकृत समाजवादीबाट डाक्टर राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्सालले पनि श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा शपथ ग्रहण गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया