कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ काराेबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सोमबारको तुलनामा आज सुन प्रतितोला ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तिएको हो । यसअघि छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख ८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतिताला १ लाख ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया