काठमाण्डौंः नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घ काठमाडौँ जिल्लाको अध्यक्षमा सुदीप श्रेष्ठ चयन भएका छन् ।
सङ्घको आज सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । सङ्घको उपाध्यक्षमा दुर्गा थापा र मनोहरी कँडेल, सचिवमा शैलेन्द्रविक्रम थापा र ठाकुर सापकोटा, सहसचिवमा अमरविकास रिजाल र कोषाध्यक्षमा राजु घिमिरे निर्वाचित भएको होटल व्यवसायी गणेश ढकालले जानकारी दिए ।
सदस्यमा ईश्वर न्यौपाने, जीवन ढकाल, भोजराज भुसाल, मनोजकुमार लोहनी, ईश्वर पौडेल, पशुपति दाहाल, नकुल भट्टराई र निरज बस्ताकोटी छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया