काठमाण्डौः कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०,मटरकोशा प्रतिकेजी मूल्य १६०,कुरीलो प्रतिकेजी २००,काउली स्थानिय प्रतिकेजी मूल्य ५०,आलु रातो ४४ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १५० रुपैयाँ, चमसूरको साग रू १००,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ ,लोकल काक्रो ११०,अदुवा प्रतिकेजी २३० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८० रुपैयाँ,किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, ताजा माछा(रहु) ३२०,ताजा माछा(मुंगरी) रू ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया