कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनचाँदीको मूल्य ह्वातै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा एक सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया