कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले असार १ गतेदेखि आइपीओ निष्काशन गर्ने

सर्वसाधारण लगानीकर्ताले भने असार २० गतेदेखि छिटोमा असार २४ गतेसम्म आवेदन दिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले असार १ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कूल पूँजी ४ अर्बको ३० प्रतिशतका दरले प्रतिकित्ता २३६.९१ रुपैयाँमा १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता आइपीओ विक्री गर्न लागेको हो । जसमा कम्पनीले करोड २० लाख कित्ता साधारण शेयको १० प्रतिशत अर्थात १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुको लागि निष्काशन गर्नेछ ।

त्यस्तै, कम्पनीले ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुटाइएको छ भने ५ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुटाएको छ । बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारणका लागि विक्री गरिने कम्पनीले जनाएको छ ।

उक्त शेयरमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । उक्त शेयरमा वैदेशिक रोजगारीमा रहेकाहरुले असार १ गतेदेखि असार १५ गतेसम्म् आवेदन दिन सक्नेछन् । त्यस्तै सर्वसाधारण लगानीकर्ताले भने असार २० गतेदेखि छिटोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त छिटो अवधिमा पनि सबैका लागि आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया