असार ३०, २०८२ सोमबार July 14, 2025

सभामुख घिमिरे र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान र आर्थिक विकासलगायतका विषयमा कुराकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेसँग दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क तइयोङले शिष्टाचार भेट गर्नुभएको छ । आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान र आर्थिक विकासलगायतका विषयमा कुराकानी भएको थियो ।

भेटमा सभामुख घिमिरेले आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवलाई विशेष महत्त्वका साथ जनस्तरमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले दक्षिण कोरियामा ८५ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको भन्दै कोरियाले नेपालको आर्थिक विकासमा पुर्‍याएको सहयोग उल्लेखनीय रहेको बताउनुभयो । उहाँले कोरियाली कम्पनी सामसुङले नेपालमा कारखाना सुरु गरेकोमा धन्यवाद दिँदै नेपालमा थप लगानी गर्न आग्रहसमेत गर्नुभयो ।

बौद्ध जन्मस्थल लुम्बिनीमा कोरियाबाट उल्लेख्य पर्यटक आइरहेको भन्दै उहाँले आगामी दिनमा पर्यटन आवागमन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । सभामुख घिमिरेले राजदूत तइयोङलाई सिधा हजाई उडानतर्फ समेत ध्यानाकर्षण गराउनुभयो ।

‘नेपाल–कोरिया सिधा हवाई उडानका लागि कोरिया सरकारले तदारुकता देखाउने विश्वास गरेका छौँ’, उहाँले भन्नुभयो । राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेको बताउँदै नेपालीहरू ‘शिष्ट, मेहनती र अनुशासित’ रहेको टिप्पणीसमेत गर्नुभयो ।

उहाँले नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो । कोरियाको संसद्मा कोरिया नेपालमैत्री समूह गठन भएको जानकारी दिँदै राजदूत तइयोङले नेपालको सङ्घीय संसद्ले पनि छिट्टै मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कोरियाबाट फर्केका नेपालीले नेपालमा कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी गरेको बताउँदै उहाँले घर र गाडी किनेर खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल विश्वकै दोस्रो ठूलो जनस्रोतको देश भएको बताउँदै उहाँले जलविद्युत्लगायतका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यपश्चिम विश्वविद्यालयको १७ औं सभा सम्पन्न, एक अर्ब ३६ करोडको बजेट पारित
२०८२ असार ३०, सोमबार
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार