काठमाडौँ: संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
शुक्रबार बसेको समितिको बैठकले कार्कीका अवधारणा र कार्ययोजनामाथि छलफल गर्दै नेपालको प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो ।
कार्कीलाई २५ वैशाखमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। सुनुवाइ समितिबाट अनुमोदन भएका कार्कीलाई अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोग लागेर निलम्बनकै अवस्थामा अवकाश पाएपछि कार्कीले विगत ८ महिनादेखि कायम मुकायम प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया