असार २८, २०८२ शनिबार July 12, 2025

प्रधानन्यायाधीश कार्कीद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ लिएका छन् ।

शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । उनलाई आज विहान संसदीय सुनुवाई समितिले सो पदका लागि सफारिस गरेको थियो ।

प्रधानन्यायाधीश कार्कीलाई शपथ गराउनेक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पनि उपस्थिति थियो । प्रधानन्यायाधीश कार्की आगामी साउन १९ गतेदेखि उमेरहदका कारण सेवाबाट निवृत्त हुँदै छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया